• १३ असोज २०८१, आइतबार

माछालाई झरिउँला हाल्दा किशोर नदीमा बेपत्ता

blog

प्रेमराज सिम्खडा 

कालीकोट, चैत ९ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउँला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश शाही नदिमा बेपता भएका हुन् । 

उनीसँगै नदीमा माछालाई झरिउँला हाल्न गएका साथिका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएका हुन् । चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए । तर नदी निकै खोज परेकाले बेपता भएका हुन । 

प्रहरी चौकी गाल्जेका गगन रावतले तीर्थ बहादुर शाहीका छोरा बेपत्ता भएको र उनको खोजी भइरहेको बताउनुभयो । नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली सहित स्थानीयले किशोरको खोजी गरिरहेका छन् । बेपत्ता किशोर कालिका माध्यमिक विद्यालय खल्लामा कक्षा ९ मा अध्ययनरत थिए ।