• १३ असोज २०८१, आइतबार

लिमीमा सोओन नाचको जगेर्ना गर्दै महिला

blog

ठुलाबाट सानाले सिक्दै सिओन नाच । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, चैत ८ गते । नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँमा परिपक्व भएकी महिलाले साना नानीहरूलाई सोआन नाच सिकाउने गर्दै आउनुभएको छ। आफ्नो संस्कृतिको जगेर्ना गर्न र नयाँ पुस्ताले सोओन नाच सिक्न पहिरनको प्रयोग गरिन्छ ।

लिमीका स्थानीय कुनचोक तामाङले लिमी कै चर्चित लिमीको आफ्नो मौलिक पहिचान भएको सोओन नाचको जगेर्ना र संरक्षणका अघिल्लो पुस्ता लागि रहेको बताउनुभयो । उहाँले विशेष गरी ५० वर्ष उमेर कटेकी महिलाहरूले सातआठ वर्षकी बालिकालाई यो नाच सिकाउने कार्य महिलाले गरी रहेको बताउनुभयो । 

महिलाले अगाडी जसरी नाच्ने गर्छिन्, त्यसरी नै पछाडि पट्टी लाइनमा नाच्न बसेकी नानीहरूले हेर्दै नाचेको दृश्य निक्कै रमाइलो हुन्छ । नयाँ पुस्ता आफ्नो संस्कृतिका बारेमा जानकार हुन र नाच्न पनि सिकुन् भन्ने उद्देश्यले महिलाहरूले स्वयंसेवी रूपमा सिकाउने कार्य गरी रहेको उहाँले बताउनुभयो । 

महिलाको यो कार्यले लिमीको धर्म, संस्कृति र रीतिरिवाज नहट्ने विश्वास गरिएको छ । साना नानीले आफूभन्दा नाच्न जान्ने वरिष्ठहरूको पछाडि लागेर नाच सिक्ने काम गर्ने गर्नुहुन्छ । यो नाच महिलाले गाउँमा नयाँ बालिकालाई भने अनिवार्य रूपमा सिकाउने अभिभान सञ्चालन गर्ने बताउँदै आउनुभएको छ । 

ठुला महिलाहरूले टाउको ठाईकोर लगाएको भएपनि साना नानीहरूले भने सो लगाउने गरेको पाइन्न । नानीको लागि ठाईकोरको व्यवस्था गरिएको हुँदैन । नानीहरू परम्परागत पहिरनमा भने सजिएर नाच सिक्ने कार्य गर्नुहुन्छ । यो नाच नाच्ने महिलाले लगाएका गहना र पोसाक भने निक्कै महँगा हुने गर्छन् । जुन लिमीका प्रत्येक महिलाका लागि तयार पार्नै पर्ने हुन्छ । यी पहिरन र गहना स्थानीयले आफ्नो आर्थिक हैसियत अनुसार व्यवस्था गर्ने गरिन्छ ।