• १३ साउन २०८१, आइतबार

क्यान्सरपीडित शेर्मालाई फोनिजको सहयोग

blog

सङ्कलित रकम कविन्द्र शेर्मालाई हस्तान्तरण गर्नुहुँदै फोनिजका अध्यक्ष गर्जुधन राई ।

गोरखापत्र अनलाइन 

काठमाडौं, चैत १ गते । क्यान्सरपीडित कविन्द्र शेर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) केन्द्रले आर्थिक सहयोग प्रदान गरेको छ । शेर्मालाई आज फोनिजका अध्यक्ष गजुरधन राईले सो सहयोग रकम हस्तान्तरण गर्नुभयो । 

क्यान्सरपीडित शेर्मा महिना दिनदेखि वीर अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराउँदै आउनुभएको छ । उहाँको उपचारका लागि फोनिज केन्द्रले सहयोग सङ्कलन अभियान सुचारु गरेको  थियो । सो अभियानबाट सङ्कलित १ लाख ५ हजार ८६७ रुपियाँ शेर्मालाई हस्तान्तरण गरिएको हो । 

फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, सचिव समीर बलामीको उपस्थितिमा सो रकम शेर्मालाई हस्तान्तरण गरिएको हो । रकम प्राप्त भएपछि क्यान्सरपीडित शेर्माले उपचारमा सहयोग पुग्ने भन्दै सहयोगी सबैलाई धन्यवाद दिनुभयो । 

फोनिजका अध्यक्ष राईले थोरै भए पनि उपचार खर्चमा सहयोग पुगोस् भनेर सहयोग सङ्कलन अभियान चलाएको बताउनुभयो । फोनिज पाँचथरका संस्थापक अध्यक्ष रहनुभएका शेर्माको फोनिज केन्द्रले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।