• १३ साउन २०८१, आइतबार

भन्सार छलेर ल्याएको २७ क्विन्टल प्याज नियन्त्रण

blog

मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको भन्सार छलेर ल्याइएको प्याज।

राममणि दाहाल

हेटौँडा, फागुन ३० गते। भन्सार छलेर ल्याएको प्याज ठूलो परिणाममा मकवानपुर प्रहरीले  नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो हेटौंडा उपमहानगरपालिका  वडा नम्बर १५ रातोमाटे चेकपोष्टस्थित सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ५६५४ नम्बरको बोलेरो गाडी रोकी जाँच गर्ने क्रममा प्याज बरामद गरिएको हो। उक्त गाडीमा राजश्व छली ल्याएको प्याज ६० बोरामा रहेको २७ क्विण्टल प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

प्रहरीका अनुसार उक्त प्याज लोड भएको गाडीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा अनुसन्धान कार्यको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ।