• १३ असोज २०८१, आइतबार

‘देय् नइगु बाखं’ सार्वजनिक

blog

देय् नइगु बाख पुस्तक सार्वजनिक गरिँदै ।

गोरखापत्र समाचारदाता

भक्तपुर, फागुन २७ गते । वरिष्ठ साहित्यकार महेन्द्रगोपाल कर्माचार्यको लघुकथा सङ्ग्रह ‘देय् नइगु बाखं’ (देश खाने कथा) लोकार्पण गरिएको छ । 

डा. पुष्पराज राजकर्णिकार, कृष्णभक्त बोडे, त्रिरत्न शाक्यलगायतले सो पुस्तकको संयुक्तरुपमा लोकार्पण गर्नुभयो । विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरको १८ औं प्रकाशन उक्त सङ्ग्रहमा ४६ वटा लघुकथा समावेश छन् ।

लघुकथाका विषयवस्तु विगत र वर्तमान परिवेशमा सामाजिक, राजनीतिक, धार्मिक र आर्थिक समस्या तथा अवस्थाका साथै फरक–फरक प्रस्तुति रहेको समीक्षकद्वयले बताउनुभयो । 

कृतिको समीक्षा गर्नेक्रममा समीक्षक डा. राजकर्णिकार शब्दले कथालाई शक्तिशाली बनाउने हुँदा कृतिकार कर्माचार्यको शब्द छनाेट उत्कृष्ट रहेकोे जानकारी दिनुभयो ।

विमोचित सङ्ग्रहका लघुकथाहरु केदार सितु, न्हुच्छेभक्त कवां, विमलप्रभा वज्राचार्य, रेणु श्रेष्ठलगायत साहित्यकारले वाचन गर्नुभएको थियो ।