तिम्रो माया
कहिले वसन्तमा फक्रिएको फूल जस्तो
ओइलाएपछि
भइमा झरेको बेवारिसे पत्रा जस्तो
तिम्रो माया
पहिरिएको नौलखा हार जस्तो
पलपलमा हराउने चिन्ता जस्तो
ढुङ्गा भएर बज्रिदिन्छ
पीडाहरू उब्जिनका लागि
तिम्रो माया
कहिले सडकमा तेर्सिएको ढुङ्गा जस्तो
हिँड्दा हिँड्दै ठोकिएपछि
बनेको जीर्ण घाउ जस्तो
किन हो सुन्दर मुहार पनि
करेतीको भाषा बोलिदिन्छ
तिम्रो माया
सहानुभूतिका भाकामा
गिज्याएको व्यवहार जस्तो
तिम्रो माया
बाहिर स्नेहको पराकाष्ठा जस्तो
भित्र भित्रै
सल्किएको व्रmोधको आगो जस्तो
कुन्नि कुन लक्ष्य लिएर
जोडिन पुग्यो हाम्रो साइनो
तिम्रो माया
कहिले सफल प्रेमको काव्य जस्तो
चिन्तन गर्दै जाँदा
प्रेमको भाकामा पिलाएको विष जस्तो