• ३ जेठ २०८२, शनिबार

आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

blog

काठमाडौं, फागुन ३ गते । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसमविज्ञान विभागले जनाएको छ ।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।