• १३ असोज २०८१, आइतबार

समान ज्यालाले निर्माणको काममा महिला कामदार बढ्दै

blog

सडक निर्माणको काम खटिएकाल कामदार । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, माघ २४ गते । पछिल्लो समयमा सार्वजनिक निर्माणका कार्यमा महिला कामदारको सहभागिता बढ्दै गएको छ । महिला र पुरुषको ज्यालामा समानता आएपछि महिला यी काम गर्न आर्कषित हुँदै आएका हुन् । 

खार्पुनाथ गाउँपालिका–१ को देउखुरी गाउँकी जानकी जैसीले पछिल्लो समय निर्माणका कामका महिला कामदार जान थालेको बताउनुभयो । उहाँले केही अघिसम्म महिला र पुरुषको ज्यालादर फरक हुने भएको कारण महिला त्यस्ता काम गर्न जानै नमान्ने भएको भए पनि अहिले समान कामको समान ज्याला पाउन थालेपछि महिलाको आकर्षण बढेको हो । 

पहिले पुरुषले एक हजार ज्यादार पाउन महिलाले आठ सय मात्र पाउने गर्ने । अहिले महिला र पुरुषले एउटै काम गरे बापत एक एक हजार ज्याला पाउन थालेका छन् । 

निर्माण यवसायी सुनामबहादुर लामाले महिला कामदार इमान्दारीताका साथ काम गर्ने भएको कारण काममा कुनै कठिनाई नभएको बताउनुभयो । कतिपय कामका त महिलालाई मात्र काममा लगाउने गरिएको बताउदै उहाँले समान ज्यालाले महिला बढी सहभागी हुन थालेको बताउनुभयो । यसरी सार्वजनिक निर्माणका काममा भने महिला कामदार आफ्नै घर नजिकका काममा मात्र जाने गरेका छन् ।