• २६ वैशाख २०८१, बुधबार

इन्द्रावती आयोजनाको काम सुरु

blog

तल्लो इन्द्रावती जलविद्युत । फाइल तस्बिर

चौतारा(सिन्धुपाञ्चोक), माघ १७ गते । नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत आयोजनाको बाँकी काम पुनः सुरु भएको छ । वि.सं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनः निर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो ।

विद्युत विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूल लागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । चार दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ । मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैङ्कसँग ऋण सम्झौता भएको पाण्डेले बताउनुभयो । रासस