• ८ मंसिर २०८१, शनिबार

अभियानबाटै सफल युवा

blog

इन्डोनेसियाका पूर्वराष्ट्राध्यक्ष सुकार्नोले भन्नुभएको छ, “मलाई मातृभूमिप्रति गौरव र माया गर्ने दस युवा देऊ, तिनीहरूबाट नै म संसार बचाउन सक्ने छु ।” सुकार्नोको यही पङ्क्तिबाट युवाको परिभाषा प्रस्ट हुन्छ । युवा शक्ति भनेको समाज तथा राष्ट्रको कर्मठ, साहसी, दृढ क्रियाशील, विद्रोही, परिवर्तनकामी, सृजनशील, रचनात्मक तथा क्रान्तिकारी शक्ति मानिन्छ । हरेक राजनीतिक तथा सामाजिक परिवर्तनको आन्दोलनको महìवपूर्ण र निर्णायक शक्तिका रूपमा लिइने गरिन्छ । युवा भनेका शक्तिका स्रोत, सृष्टिका संवाहक, समाज विकासको मेरुदण्ड र लोकतन्त्रका रक्षक हुन् भनेर पनि परिभाषित गरिन्छ ।

युवा देश विकासका मूल आधार हुन् । नेपालको जनगणना–२०७८ को तथ्याङ्क अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२.५६ प्रतिशत छ । नेपालको जनसङ्ख्याको झन्डै आधाको हाराहारीमा रहेका युवा जनशक्ति देशमा राम्रो अवसर नपाउँदा बिदेसिन बाध्य छन् । युवा स्वदेशमा राम्रो अवसर, रोजगारी, शिक्षा र भविष्यको चिन्ताका कारण विदेश भौँतारिन बाध्य छन् । बिदेसिनेहरूको बेग्लै कथाव्यथा छ तर स्वदेशमै भएका केही युवाले अस्वाभाविक सफलता हासिल गरिरहेका छन् । आमयुवाका मुद्दा बोकेर निरन्तर युवाकै अभियानमा सङ्घर्ष गरिरहेका केही प्रतिनिधि पात्र युवाको लोभलाग्दो सफलताले बिदेसिन चाहनेहरूलाई सजग पनि गराउँछ ।

यस्तैमध्येका एक हुन्, सुरेन्द्र बस्नेत । पूर्वी पहाडी ताप्लेजुङ जिल्लामा जन्मिनुभएका बस्नेत कलिलो उमेरबाटै विभिन्न अतिरिक्त क्रियाकलापमा चासो राख्नुहुन्थ्यो । पढाइमा पनि टाठो, कक्षाको 

‘फस्र्ट ब्वाई’ । सानैदेखिको रुचिले तीन पटकसम्म जुनियर रेडक्रसमा आबद्ध भएर विद्यालयमा संयोजनको भूमिकासमेत निर्वाह गर्नुभयो । यसो गर्दैगर्दा उहाँको रुचि युवा र सामाजिक क्षेत्रमा बढ्यो । २०५५ सालमा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि राजधानी काठमाडौंँ छिर्नुभयो । बुवा उहाँलाई डाक्टर, इन्जिनियर बनाउन चाहनुहुन्थ्यो तर उहाँ बिस्तारै युवाका मुद्दा बोकेर राजनीतिमा होमिनुभयो ।

बस्नेत सम्झिनुहुन्छ, “त्यो बेलामा फस्र्ट भएकाले मान्छेले साइन्स पढेर डाक्टर, इन्जिनियर र पाइलट बन्नु पर्छ भन्ने थियो तर म आरआर क्याम्पसमा पत्रकारिता पढ्ने निधो गरेकोले बुवा, आमा रिसाउनुभयो ।” आरआर क्याम्पसमा बस्नेत वाम विद्यार्थी सङ्गठनमा आबद्ध भई तत्कालीन अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभयो । 

छोटो समयमै राजनीतिमा फड्को मार्नुभएका बस्नेत २०५७ सालमा स्ववियु सदस्य, २०६० मा स्ववियु सहसचिव र २०६२ मा स्ववियु उपसभापति हुनुभयो । २०६५ मा स्ववियुको सभापति उम्मेदवार बस्नेत पराजित हुनुभयो तर पनि युवा विद्यार्थीका मुद्दाबाट पछि हट्नुभएन । विश्वविद्यालयमा ‘कि युवालाई रोजगारी दे कि बेरोजगार भत्ता दे’ लगायतका आन्दोलनको नेतृत्व गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगार युवाको मौलिक हक बनाउनु पर्छ भन्ने आफूहरूको आवाज सरकारले सुनेर संविधानमा समेटिएको बस्नेत बताउनुहुन्छ तर संविधानमा लेखिएर मात्र लागु नहुँदा दुःख लागेको र आगामी दिनमा यसका लागि निरन्तर लडिरहने उहाँको भनाइ छ । 

तत्कालीन नेकपा (माओवादी) को विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको विभिन्न तह, तप्कामा हुँदै वरिष्ठ उपाध्यक्षसम्मको नेतृत्व बस्नेतले सम्हाल्नुभयो । अढाई दशक लामो युवा आन्दोलन र युवाको अभियानका सक्रिय बस्नेतले २०७८ साल पुसमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट चार वर्षका लागि राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षको जिम्मेवारी पाउनु भयो ।

उपाध्यक्षमा नियुक्त भइसकेपश्चात् बेल्जियममा युरोपियन युनियनले नेपालको युवा परिषद्लाई युवाका क्षेत्रमा सकारात्मक कार्य गरेको भन्दै समिट फर डेमोक्रोसीको को–लिडरका रूपमा छनोट, युवालाई विभिन्न जिल्लाका सहुलियतपूर्ण कर्जा, उद्यमशीलता र वित्तीय साक्षरता तालिमको व्यवस्था, युवाको नेतृत्व विकासका लागि नमुना युवा संसद् अभ्यास तीनै तहमा सञ्चालन, मधेश प्रदेशको जनकपुरमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन र विद्यालयमा अध्यनरत विद्यार्थीका लागि पढ्दै कमाउँदै अभियानहरू सञ्चालन गर्नुभयो । 

सार्क क्षेत्रका युवाबिच सार्क युवा परिषद् निर्माण गर्ने, युवाका मुद्दा कसरी उठाउने ? कसरी दक्ष बनाउने भन्ने विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभामा बैठकको अभ्यास सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा गएका युवालाई नेपाल फर्काउन बिनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था, छरिएका कार्यव्रmमलाई एकीकृत गराउने, सामूहिक उत्पादनमा जोडिन उत्प्रेरित गर्ने र युवालाई थप सशक्त बनाउन प्रादेशिक र स्थानीय तहसम्मै युवा परिषद्को संरचना बनाउनेलगायतका योजना बस्नेतको छ । 

स्कुले उमेरबाटै युवाका विषयमा चनाखो हुने सोबिता गौतमले हाल संसद्बाट पनि युवाका मुद्दामाथि आवाज उठाइरहनुभएको छ । प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. २ बाट स्थापित राजनीतिक दलका उम्मेदवारलाई पाखा लगाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार २८ वर्षीय गौतम सङ्घीय संसद्को सदस्यमा निर्वाचित हुनुभयो । स्कुले जीवनमा युवाका मुद्दामा सम्बोधन गर्ने व्रmममा अन्य पार्टीका विद्यार्थी नेताले नेतृत्व नपाएको देख्दा उहाँमा यति छिट्टै देशको नीति निर्माण तहमा पुगिहाल्छु भन्ने चाहिँ लागेको थिएन । त्यसबेला उहाँलाई आफू जस्ता युवा राजनीतिमा स्थापित भइहाल्छन् भन्ने सोच पनि थिएन तर आफूसहित केही युवाले राजनीतिमा नेतृत्वको अवसर पाउँदा गौतम हौसिनुभएको छ । 

दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको जङ्खेमा जन्मनुभएकी गौतम सानै उमेरका लागि अध्ययन गर्न काठमाडौँ आउनुभएको थियो । गाउँका प्राथमिक तहको शिक्षा अध्ययनका बेला उहाँमा बाल क्लबमा बसेर काम गर्न औधी मन लाग्थ्यो । भक्तपुरमा बसेर पढ्नुभएकी उहाँ विभिन्न युवा क्लबका माध्यमबाट वक्तृत्वकला, वादविवाद, कथा लेखन, कविता लेखनमा सहभागी हुने गर्नुहुन्थ्यो । स्कुले जीवनदेखि नै उहाँको ‘वाक् कला’ राम्रो थियो, प्रशंसा हुन्थ्यो । 

स्नातक अध्ययनका व्रmममा उहाँ युवाका क्षेत्रमा काम गरिरहेको नेपाल युवा संस्था सञ्जाल (आयोन) मा आबद्ध भएर भूकम्पको समयमा धेरै काम गर्नुभयो । आयोनमा रहँदा उहाँले युवाको रोजगारी, आर्थिक आत्मनिर्भरता, युवाका विषयमा बन्ने कानुनहरूका बारेमा अध्ययन र विभिन्न अभियानको नेतृत्व गरेको बताउनु हुुन्छ । यस्तै राजनीतिमा युवाको सहभागिता बढाउने, निर्वाचनमा युवाको भूमिका र नयाँ व्यवस्थाका विषयमा विभिन्न क्याम्पसमा पुगेर तालिमहरूको आयोजना गर्नुभयो । कानुन, इतिहास र राजनीतिशास्त्रको समेत अध्ययन गर्नुभएका गौतमले हालसालै अन्तर्राष्ट्रिय स्तरको ‘योङ वल्र्ड पोलिटिसियन अफ द इयर’ बाट सम्मानित हुनुभयो । 

देशलाई चलाउने र गतिशील बनाउने युवा पुस्ताले हो भन्नेमा उहाँको विश्वास छ । युवापुस्ता देशबाहिर गएर सेटल हुने परम्परा बढ्दो छ, यसलाई कम गर्न आर्थिक आत्मनिर्भरता महìवपूर्ण रूपमा देखिएको सांसद गौतमको बुझाइ छ । “नेपाली युवाले नेपालमा कमाउने बाटो नदेखको देखिन्छ, त्यसलाई कम गर्नलाई आत्मनिर्भरता सुनिश्चितता गर्नु पर्छ,” उहाँले भन्नुभयो । युवालाई आत्मनिर्भर बनाउनकै लागि आफूले संसद्मा पटक पटक ‘पार्ट टाइम’ काम गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गर्दै आएको उहाँले भन्नुभयो । युवा नेपालमा नबस्ने विदेशमा ‘सेटलमेन्ट’ हुने गरेकाले अर्थतन्त्र चलायमान बनाएर अर्थतन्त्रका दृष्टिले नेपालमै भविष्य देख्नका लागि आशा जगाउने कामहरू आफूहरूले गर्नुपर्ने भन्दै त्यसतर्फ लागिरहेको गौतमले बताउनुभयो । 

युवाका क्षेत्रमा अर्को परिचित नाम हो, दिवाकर अर्याल । धादिङको ज्वालामुखी गाउँपालिका–४, ढोलामा जन्मिनुभएका ३१ वर्षीय अर्यालमा सानै उमेरदेखि केही गरौँ भन्ने भावना थियो । धादिङकै बराहकालीका उच्च माविको स्कुले जीवनबाटै हाजिरीजवाफ, वक्तृत्वकला, अतिरिक्त व्रिmयाकलापमा उहाँको बढी ध्यान थियो । त्यसो त सरकारी विद्यालयमै अध्ययन गरेको भए पनि उहाँ पढाइमा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । सामान्य कृषक परिवारमा जन्मनुभएका अर्याल जब प्लस टु अध्ययनका लागि सदरमुकाम छिर्नुभयो । उहाँले आफूलाई थप निखार्नुभयो ।  स्कुल पढ्दै गर्दाको अल्लारे उमेरमै युवा संसद् अभियान चलाई विभिन्न जिल्लाबाट ११६ जना युवालाई सहभागी गराउनुभयो । २०६४ सालमा पहिलो संविधान सभाले संविधान दिन नसकी अवसान भएपछि नमुना युवा संविधान सभा गठन गरेर संविधान निर्माणका लागि विभिन्न अभियान चलाउनुभयो । स्नातक अध्ययनका सिलसिलामा उहाँ रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) क्याम्पसमा आउनुभयो । नमुना युवा संसद् अभियानलाई थप सार्थकता दिनका लागि साथीलाई अभियानमा उहाँले जोड्न थाल्नुभयो । 

२०६८ सालमा राष्ट्रको युवा नीति निर्माणमा समेत सघाउ पु-याउने र राज्यलाई दबाब दिने हिसाबले ‘युवा दर्शन’ नामक पुस्तकको उहाँले प्रकाशनसमेत गर्नुभयो । नमुना युवा संविधान सभाबाट २०७१ माघ ४ गते लोकतान्त्रिक गणतन्त्र नेपालको नमुना संविधान, २०७१ जारी गर्नुभयो । उहाँको यो नमुना संविधानपश्चात् २०७२ सालमा नेपालको संविधान घोषणा भयो । देशको संविधान निर्माणका व्रmममा कहीँ न कतै थोरै भए पनि राज्यलाई दबाब परेको अनुभूति भएको अर्याल सम्झनुहुन्छ । विभिन्न अभियान सञ्चालन गर्ने क्रममा युथ पार्लियामेन्ट नेपाल अहिले विभिन्न देशमा फैलिँदै ८६ मुलुकमा शाखा विस्तार गर्न सफल भएर ग्लोबल युथ पार्लियामेन्ट भइसकेको छ । 

युवाको अभियान र मुद्दामा सव्रिmय सहभागिताले उहाँले राष्ट्रिय स्तरका सामाजिक सेवा रत्न विभूषण र युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा पुरस्कार विदेशका ग्लोबल चेन मेकर अवार्ड बङ्गलादेश, नेल्सन मन्डेला ग्लोबल लिडरसिप अवार्ड पाउनुभएको छ । हाल ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष रहनुभएका अर्यालले विभिन्न ८० बढी देशका युवालाई सहभागी गराएर युवाको राष्ट्रिय सम्मेलन गर्नुभएको छ भने युवा नेतृत्व, लोकतन्त्र र मानव अधिकारसँग सम्बन्धित कार्यक्रममा विभिन्न देशमा सहभागी हुनुभएको छ । 

यस्तै ‘वल्र्ड डिप्लोमेसी फोरम’ नामक संस्थाको नेतृत्वबाट अन्तर्राष्ट्रिय सम्बन्ध र विदेशी मामिलाका विषयमा कूटनीतिक नियोगहरूको सहकार्यमा पनि युवाका विषयमा विभिन्न कार्य गर्दै आउनुभएका अर्यालले आगामी दिनमा अझै धेरै देश र नेपालका युवालाई जोड्नका लागि विभिन्न कार्यक्रम आयोजना गर्ने सोच बनाउनुभएको छ । 

यति मात्र हैन, युवालाई रोजगारी दिन अर्यालले प्रवासमा रहेका नेपालीको सामूहिक लगानीमा ‘इभाज टेक्नोलोजी’ आइटी कम्पनीबाट १४ जनालाई रोजगारीको अवसरसमेत दिनुभएको छ । रोजगारीको अवसरको खोजीमा खाडी मुलुकमा भौँतारिन बाध्य युवापुस्ताका लागि नेपालमै युवाका क्षेत्रमा अनवरत् अभियान चलाउनुभएका यी युवा सबैका लागि उदाहरणका पात्र हुनुहुन्छ ।