• ८ मंसिर २०८१, शनिबार

गोलभेँडा यात्रा र प्रयोग

blog

सम्पूर्ण सब्जीमा गोलभेँडाले विशेष स्थान ओगटेको पाइन्छ । दैनिक खानपिनका लागि नभइनहुने गोलभेँडा जुनसुकै तरकारीमा मिल्न सक्ने भएकाले तरकारीको राजा पनि भनिन्छ । यसमा गुणै गुण भएकाले र खानामा पनि स्वादिलो हुने हुँदा धेरैले यसलाई मन पराएको मात्र नभइनहुने आहार पनि बनेको छ ।  विश्वभरि नै प्रमुख खाद्य फलका रूपमा अहिले यो प्रचलित छ । ‘पादप’ जातिको यस फललाई वनस्पतिशास्त्रमा ‘लाइकोपेर्सिकोन इस्कुलेन्टम’ ले चिनिने गोलभेँडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो । मेक्सिकोका मूलवासी यसलाई ‘तोमाती’ भन्थे भने युरोपबाट अमेरिका पुगेका यात्रीले यसलाई टोमाटल, टुमाटल र टोमाटस पनि भन्न थाले । टोमाटसलाई केही सुधार गरी अङ्ग्रेजीमा टमाटर भन्न थालिएको हो । 

गोलभेँडा हाम्रो स्थानीय भाषाको नाम हो । टमाटर, टोमेटो, रामभेँडा यी सबै नाम फरक फरक भए पनि चिज भने एउटै हो । यसलाई नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा अक्सर सबैले टमाटर नै भन्ने चलन छ ।

गोलभँेडा उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सिकाली क्षेत्र मानिन्छ तर गोलभेँडाको प्रारम्भिक खेतीलाई पहिल्याउँदै जाँदा दक्षिण अमेरिकाको पेरुमा पुगिन्छ । अमेरिकाबाट युरोप आइपुगेको गोलभेँडाको सर्वप्रथम लिखित प्रमाण भने सन् १५५४ मा पाइन्छ । त्यसबेला यो दक्षिण युरोप अर्थात् इटाली र फ्रान्सतिर देखा परेको थियो । त्यसबेला गोलभेँडालाई खानका लागि खेती नगरेर सौखका रूपमा लगाउँथे । इटालियनले यसलाई सबैभन्दा पहिले आफ्नो भोजनका लागि प्रयोगमा ल्यायो । जसको अनुसरण फ्रान्सेलीले पनि भोजनमा प्रयोग गर्न थाले । 

इटालियन र फ्रान्सेलीले गोलभेँडा खान थाले पनि अमेरिकीले यसलाई विषालु ठानी खाने गरेका थिएनन्, कारण यो नाइट्रसेड भनिने पादप परिवारभित्र पर्दथ्यो; जसका केही प्रजाति विषालु छन् । सर्वप्रथम फ्रान्सेलीले नै अमेरिकीलाई गोलभेँडा पनि तरकारीका रूपमा खान हुने वस्तु हो भनेर चिनाए । यो सन् १७८७ ताकाको कुरा हो । अमेरिकाका तेस्रो राष्ट्रपति र सुप्रसिद्ध राजनेता थमस जेफरसनले पनि भर्जिनियास्थित आफ्नो फर्ममा गोलभेँडा खेती गरेर यसको व्यापक प्रचारप्रसारमा ल्याए । यस प्रकार अमेरिकीमा गोलभेँडाको प्रयोग बढ्दै गएर खानेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै जान थाल्यो । अङ्ग्रेजको भारत आगमनसँगै गोलभेँडा पनि यस प्रायद्वीपमा भित्रियो । अनि भारतबाट नेपाल पसेको अनुमान गरिन्छ । 

अनुसन्धान

ब्रिटिस स्किन फाउन्डेसनले १५ वर्षसम्म १५ हजार महिलाको बिचमा गरेको एक अनुसन्धान र अध्ययनबाट गोलभेँडाका साथै अन्य फल तथा तरकारीको सेवनले पनि क्यान्सरसँग लड्न सकिने क्षमता वृद्धि हुने कुरा सो संस्थाका प्रवक्ता राचेल एवान्टले पेस गरेको रिपोर्टमा उल्लेख गरिएको छ । जसमा खुर्सानी, गाँजर र चुकन्दर सेवनले पनि महिलाको गर्भाशयमा हुने क्यान्सरको खतराबाट बच्न सकिन्छ । 

यस्तै अमेरिकाको ओहिया स्टेट युनिभर्सिटीका वैज्ञानिकले मुसामा गरेको अनुसन्धानमा पनि क्यान्सर प्रतिरोध शक्ति भएको रिपोर्ट पेस गरियो । मुसाको दुई समूह बनाएर एक समूहको खानामा ३५ हप्तासम्म गोलभेँडाको पाउडर प्रशस्त मात्रामा दिइयो भने अर्को समूहलाई दिइएन । यसमा जुन समूहका मुसालाई गोलभेँडाको पाउडर खुवाइएको थियो, उनीहरूमा घातक क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम देखिएको थियो । 

नयाँ अध्ययनमा यो पनि भनिएको छ कि पाकेर रातो भएको गोलभेँडामा क्यारोटिनाइड नामक तìव हुन्छ; जसले ट्युमर घटाउन सहयोग गर्दछ भने गोलभेँडामा पाइने लाइकोपिन रसायन पनि क्यान्सरसँग लड्न सक्षम मानिन्छ । वैज्ञानिकले स्वस्थ गोलभेँडाको नियमित सेवनले क्यान्सरसँग लड्न सक्ने क्षमतामा वृद्धि हुने गरेको बताएका छन् । अध्ययनका लेखक डा. जेसिका कुपरस्टोनको शब्दमा कुनै पनि फल या तरकारी औषधी मानिँदैन तर यसको नियमित उपभोगले बिमारी हुने सम्भावना धेरै हदसम्म कम गर्न भने सकिन्छ । 

पाइने तŒवहरू

एउटा पाकेको स्वस्थ गोलभेँडामा कार्बोहाइड्रेड ४.५ प्रतिशत, प्रोटिन १.९ प्रतिशत, पानी ९२.८ प्रतिशत, खनिज ०.७ प्रतिशत, क्याल्सियम ०.०२ प्रतिशत, चिल्लो ०.४५ प्रतिशत र फस्फोरस ०.०४ प्रतिशत पाइन्छ । यस्तै प्रति सय ग्राम गोलभेँडामा फलाम २.४ मिलीग्राम, भिटामिन ‘ए’, ‘बी’ र ‘सी’ व्रmमशः ३२०, ४० र ३३ मिलीग्राम हुन्छ । गोलभेँडाको बोव्रmा र बोव्रmाभित्रको बाक्लो भागमा भिटामिन ‘ए’ धेरै मात्रामा पाइन्छ ।

यसलाई पकाउँदा वा पोल्दा पनि यसमा भएका पौष्टिक तìव तथा गुण नष्ट भएर जाँदैनन् । गोलभेँडामा विशेष गरी तीन प्रकारका स्वास्थ्यकारक अम्ल (एसिड) पाइन्छन् । जब कि अरू कुनै पनि फलफूलमा यस प्रकारको स्वास्थ्यकारक मिश्रित अम्ल पाउन गाहै्र पर्छ । 

१. मेलिक एसिड– जो स्याउमा पाइन्छ ।

२. साइटिक एसिड– जुन तìव कागती, सुन्तला, ज्यामिर आदिमा पाइन्छ ।

३. आन्ज्यालिक एसिड– यसको प्रयोग नाडीको दुःखाइ, नाडी विकार रोग तथा अन्य धेरै रोगमा प्रयोग गरिन्छ । 

गोलभेँडामा अम्लबाहेक पोटासियम, सोडियम, गन्धक, फ्लोरिन, म्याग्नेसियम, तामालगायत गोलभेँडामा अनेकौँ पौष्टिक तìव रहेका हुन्छन् ।

स्वास्थ्यमा फाइदाहरू

बोटमा राम्ररी पाकेको गोलभेँडा पखालेर दिनैपिच्छे काँचै खान सकेदेखि अति नै फाइदा हुन्छ । यसले शरीरमा भएका हाडका कमजोरी र अन्य दुर्बलतालाई हटाउँछ । अझ गर्भवती महिलाका लागि त गोलभेँडा खाने गर्दा पेटको बच्चा र आमाको स्वास्थ्यमा अति नै फाइदा पुग्छ । सय ग्राम गोलभेँडा खानाले बल, बुद्धि र सौन्दर्यमा वृद्धि आउँछ भन्ने चिकित्सकको भनाइ छ । हुर्किरहेको बालकलाई दिनदिनै दुई÷दुई चम्चा ताजा गोलभेँडाको रस खुवाउने गरेमा यसमा भएको क्याल्सियमले शारीरिक वृद्धिको गति ढिलो छ भने त्यसलाई छिटो पार्छ ।

गोलभेँडाले हाम्रो शरीरलाई कीटाणुबाट बच्न शक्ति प्रदान गर्छ तथा कमजोरी, आलस्यलाई दूर पार्छ । हाम्रो शरीरले गोलभेँडाबाट एउटा यस्तो रस पाउँछ; जसले शरीरमा रहेको कफ र आउँ सजिलैसित गलाएर निकाली दिन्छ । गोलभेँडाको सेवनले यकृतलाई उत्तेजित बनाइदिन्छ, जसका कारण मानिसलाई भोग जाग्दछ । एकातिर भोक जगाउँछ भने अर्कोतिर खाएको खानेकुरा राम्रोसँग पच्छ । गोलभेँडाले भोक जगाउने र खाना पचाउने मात्र नभई यसको सेवनबाट पाइने अर्को ठुलो गुण भनेको स्मरण शक्तिलाई एकदमै तीक्ष्ण अवस्थामा राख्न ठुलो सहयोग पु¥याउँछ । त्यसैले गोलभेँडा विद्यार्थी तथा युवा पुस्ताले बढी उपयोग गरेर यसबाट फाइदा लिन सक्ने तथ्यमा कुनै शङ्का छैन । 

गोलभेँडालाई सागसब्जी, गुन्दु्रकसित पकाएर खाए वा काँचै खाए पनि उत्तिकै मिठो र स्वास्थ्यवर्धक मानिन्छ । तैपनि वैज्ञानिकका भनाइ अनुसार पकाएर वा पोलेर खानुभन्दा काँचै खाने गरे बढी लाभदायक हुन्छ । त्यसै कारण सबैतिर पाइने सर्वसुलभ गोलभेँडाको महìवलाई बुझी भोजनमा अधिक मात्रामा प्रयोगमा ल्याउने गर्नु पर्दछ । जसले स्वस्थ र निरोग बनेर लामो आयुसम्म बाँच्नमा ठुलो मद्दत पु-याउँदछ– गोलभेँडाले । 

सौन्दर्यमा फाइदा

गोलभेँडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण छालाको समस्यालाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यदि तपाईं दैनिक रूपमा गोलभेँडाको जुस पिउनुहुन्छ र गोलभेँडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केही दिनमा नै निखार ल्याउन मद्दत गर्दछ । यो भिटमिन ‘सी’ को राम्रो स्रोत भएकाले यसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । 

चिसो मौसममा धेरैजसो मानिसको कपालमा चायाको समस्या हुने गर्दछ । गोलभेँडाले यसलाई हटाउनका लागि मद्दत गर्दछ । यसका लागि तपाईंले गोलभेँडाको गुदीलाई आफ्नो टाउकोमा रगड्नुपर्ने हुन्छ, त्यसपछि असर आफैँले देख्नुहुन्छ । राम्रो परिणामका लागि यसलाई हप्तामा दुई पटक लगाउनुहोस् । 

गोलभेँडाको रसलाई महमा मिसाएर लगाउँदा छाला नरम हुन्छ । यदि आफ्नो छालालाई नरम बनाउन चाहनुहुन्छ भने गोलभेँडाको रसलाई महमा मिसाएर यसको पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म राख्नुहोस् । सफा पानीले धोएपछि तपाईंको छाला निश्चित रूपमा नरम र चम्किलो हुने गर्दछ ।