• १३ असोज २०८१, आइतबार

कमला कार्की स्मृति प्रतिष्ठानद्वारा पुरस्कार तथा सम्मान प्रदान

blog

काठमाडौं, पुस २७ गते । कमला कार्की स्मृति प्रतिष्ठानले नवौं स्मृति दिवसको उपलक्ष्यमा नेपालका प्रतिष्ठित विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र स्थानीय ज्येष्ठ महिलालाई नगद पुरस्कार सहित सम्मान गरेको छ । 

प्रतिष्ठानले शुक्रबार काठमाडौंको नैकापमा आयोजित कमला कार्कीको स्मिृतिमा राष्ट्रलाई विभिन्न कोणबाट योगदान पु¥याएका राष्ट्रिय खेलाडी, पत्रकार, कलाकार, चन्द्रागिरी नगरपालिका क्षेत्रको सामाजिक संस्था र यसै नगरपालिकाको वडा नं. १४ र १५ का जेष्ठ महिला नागरिकलाई सम्मान गरेको हो ।

नेपालमा राजनीति साहित्यकार, समाजसेवा, कलाकारिता र चित्रकलाको क्षेत्रमा प्रसिद्धि कमाएकी पूर्वमन्त्री तथा भद्रकुमारी आश्रमकी संचालिका भद्रकुमारी घलेद्वारा सम्मान पत्र प्रदान गरिएको छ । जसअन्तर्गत प्रतिष्ठानले पत्रकार ममता थापा, महिला खेलाडीमा २०२३ मा सार्फ कराँते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता अञ्जना महर्जन, पूर्व मिस नेपाल २०२० कि नम्रता श्रेष्ठ, तीनथाना बाजँ खल संस्था र  ज्येष्ठ महिला मा क्रमशः चन्द्रागिरी नगरपालीका वडा नं १४ की धनमाया महर्जन र वडा नं १५ की भगवती खत्रीलाई सम्मान गरेको छ । सम्मानित सबैलाई नगद १० हजार १ रुपियाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।  

कार्यक्रमममा पूर्व मन्त्री तथा समाजसेवी भद्र कुमारी घलेले सृष्टिकर्ता आमाको महत्वमाथि चर्चा गर्नुभयो । 

यस्तै, प्रतिष्ठानका सल्लाहकार डा. नवराज लम्साल, प्रतिष्ठानका अध्यक्ष मोहनकुमार कार्की, सल्लाहकार दयाराम थापा क्षेत्रीलगायत विविध विषयमा चर्चा गर्नुभयो ।