• १२ साउन २०८१, शनिबार

इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा

blog

तेल अवीव,  मङ्सिर,  २५ गते । इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखाना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि डिफेन्स फोर्स आर्टीलरी गाजापट्टीभित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।

पछिल्ला केही दिनहरूमा सो तोपखाना २८२  औं फायर ब्रिगेडका सेनाहरूले सीमा पार गरेर गाजापट्टीमा तैनाथ गरेका हुन् । 

तोपखाना परिचालित कारबाहीका क्रममा २० भन्दा बढी आतङ्कवादी लक्ष्यहरूमा आक्रमण गरिएको बताइएको छ । सो आक्रमित क्षेत्रमा आतङ्कवादी सङ्गठन हमासका हतियार गोदामहरू र सैन्य पूर्वाधारहरू रहेको बुझिएको छ । रासस/एएनआई