• १ जेठ २०८२, बिहिबार

घाइते पाटे बाघको उद्धार

blog

बर्दिया राष्टिय निकुञ्ज । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २६ गते । बर्दियाको ठाकुरबाबा नगरपालिका –२ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक घाइते पाटे बाघलाई नियन्त्रणमा लिएर उद्धार गरिएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालका अनुसार बिरामी तथा घाइते अवस्थामा रहेको पोथी पाटे बाघको रेखदेखलगायत उपचारका लागि उद्धार गरिएको हो । 

सहायक संरक्षण अधिकृत दाहालले घिस्रिदै हिँड्दैगरेको पोथी पाटे बाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले यसरी नियन्त्रणमा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउनेगरेको पनि बताउनुभयो । 

गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटे बाघलाई राख्न उचित ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटे बाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटे बाघ राखेर उपचार गरेको छ ।  

निकुञ्जमा रहेका बाघले मानव बस्तीनजिक पुगेर पटक पटक मानवमाथि आक्रमण गर्न थालेपछि बढ्दै गएको मानव र वन्यजन्तुको द्वन्द्व समाप्त गर्न निकुञ्जले विभिन्न योजना बनाउँदै आएको जनाएको छ ।