• ८ मंसिर २०८१, शनिबार

‘कालो चस्मा लाउ है मैया’ रिमेकमा

blog

काठमाडौँ, कात्तिक २६ गते ।  लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रिमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा उक्त गीतलाई समावेश गरिएको छ । उक्त गीत सार्वजनिक गर्दै उनले चलचित्र पुस २७ मा प्रदर्शन गरिने जानकारी दिनुभयो । 

सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । यसको रिमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाउनुभएको छ । पाटन र भक्तपुर दरबार स्क्वायरमा छायाङ्कन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गर्नुभएको छ । रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । 

राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, संकल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।