• ७ जेठ २०८१, सोमबार

उपराष्ट्रपति यादवद्वारा भूकम्पपीडिलाई एक महिनाको पारिश्रमिक सहयोग

blog

उपराष्ट्रपति रामसहाय प्रसाद यादव ।

काठमाडौं, कात्तिक २४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको छ ।

उपपराष्ट्रपति यादवले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

उपराष्ट्रपति यादवका स्वकीय प्रेस संयोजक दिनेश यादवका अनुसार उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञ (सल्लाहकार) हरुबाट १५ दिन, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहका कर्मचारीहबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सो सरहका कर्मचारीबाट पाँच दिन र राजपत्र अनङ्कित वा सो सरहको कर्मचारीबाट तीन दिनका पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।