• ७ जेठ २०८१, सोमबार

भूकम्पपीडितलाई नगदसहित र कम्बल सहयोग

blog

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भीजी फाउण्डेशनका अध्यक्ष अशोक अग्रवालले भूकम्पपीडितका लागि नगद चेक हस्तान्तरण गर्नुहुँदै ।

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक २४ गते । भीजी फाउन्डेसनले भूकम्पपीडितका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २१ लाख रुपियाँ हस्तान्तरण गरेको छ। फाउन्डेसनका अध्यक्ष अशोक अग्रवालले शुक्रबार गृह मन्त्रालयमै आएर सो सहयोगको चेक उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो।

त्यसैगरी भूकम्पपीडितका लागि २ सय कार्टुन बिस्कुट र दुईसय काटुर्न कन्फेल्क्सन पनि नेपाल पठाएको फाउन्डेशनका अध्यक्ष अशोक अग्रवालले बताउनुभयो। त्यससँगै प्रभावित प्रदेशसम्म आफैं ढुवानी गर्नेगरी फाउन्डेसनले पाँचसय थान कम्बल सहयोग गरेको छ। उपप्रधानमन्त्री श्रेष्ठलाई कम्बलका नमुना हस्तान्तरण गरिएको छ। फाउन्डेसनले ट्रकमा लोड गरेर आजै सुर्खेत पुग्नेगरी कम्बल पठाइसकिएको जानकारी दिएको छ।