• २३ वैशाख २०८१, आइतबार

वाणिज्य बैंकद्वारा प्रधानमन्त्रीलाई एक करोडको चेक हस्तान्तरण

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक करोड रुपियाँको चेक हस्तान्तरण गर्नुहुँदै वाणिज्य बैंकका कर्मचारी । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, कात्तिक २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाणिज्य बैंकले एक करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि वाणिज्य बैंकका कर्मचारीले प्रधानमन्त्री प्रचण्डलाई एक करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तर गर्नुभएको हो ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डलाई नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाललगायत नेतहरुले ५० लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सिंहदरबारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि उपाध्यक्ष भुसालले प्रधानमन्त्रीलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।


यसअघि, आइएमई ग्रप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि एक करोड ५० लाख बराबरको चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गर्नुभएको थियो ।