मकवानपुर समाचारदाता
हेटौँडा, असोज १० गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डोजरे विकासले पछिल्लो समय समस्या निम्त्याएको बताउनुभएको छ ।
पछिल्लो समस्या गाउँघरमा देखिएको बाढीपहिरोका अधिकांश घटना डोजरे विकासका कारण भएको उहाँको भनाइ छ । उहाँले विकास निर्माणका तरिका ठिक नभएकाले त्यसले विपत् निम्त्याउने गरेको बताउनुभयो ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार हेटौँडामा आयोजना गरेको बागमती प्रदेश विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० को मस्यौदामाथि छलफल कार्यव्रmममा उहाँले प्रदेशमा विपत् व्यवस्थापनसम्बन्धी ऐन निर्माण केही काम भए पनि ती पर्याप्त नरहेको बताउनुभयो ।
उहाँले विपत्का घटना न्यूनीकरण, उद्धार तथा राहतमा स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनु आवश्यक भएको भन्दै उहाँले भन्नुभयो, “विपत्का घटनाका पीडितले क्षति अनुसारको राहत र सहयोग नपाएकाले बिमाको कार्यक्रमले समेट्नु आवश्यक छ ।”
उहाँले भूकम्पपछि बनेका कतिपय निजी आवास खाली रहेको बताउँदै आवश्यकताका आधारमा संरचना निर्माणमा जोड दिनुभयो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपत् व्यवस्थापन तीनै तहको जिम्मेवारी भए पनि सुरुमा स्थानीय तह परिचालन हुने भएकाले स्थानीय तहलाई स्रोत र साधन पूर्ण बनाउनु आवश्यक भएको बताउनुभयो । उहाँले स्थानीय तहमा विपत्का लागि बजेट प्रव्रिmयागत समस्याले समयमा पठाउन समस्या भएको बताउँदै नीतिसँगै बजेटको व्यवस्था हुनुपर्ने बताउनुभयो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङले विपत् व्यवस्थापनको कार्य चुनौतीपूर्ण बन्दै गएको बताउँदै बागमती प्रदेश बाढीपहिरो र भूकम्पीय दृष्टिले जोखिम क्षेत्र भएकाले पूर्वतयारी र प्रतिकार्य योजना आवश्यक भएको औँल्याउनुभयो ।
प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले विपत्सम्बन्धी पूर्वसूचना प्रणाली भए पनि प्रभावकारी नभएकाले चट्याङका दृष्टिले जोखिम रहेको यस प्रदेशमा चट्याङ प्रतिरोधी भवन निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले विपत्को समयमा विषय विज्ञ उद्धार टोली आवश्यक हुने भएकाले सम्बन्धित विषयमा तालिमसँगै स्रोत र साधन सम्पन्न बनाउनुपर्ने सुझाउनुभएको थियो ।
बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायले नागरिकले बुझ्ने र उनीहरूको पहुँच पुग्ने गरी विपत् व्यवस्थापनका योजना बनाउन जोड दिनुभयो । कार्यव्रmममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख दीपकप्रसाद न्यौपाने र विपत् विज्ञ वंशीराज आचार्यले प्रदेश विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका सहभागीले दुर्घटना र महामारीबाट धनजनको क्षति हुने व्रmम बढ्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न विपत्को योजनामा समेट्न सुझाएका थिए ।