आमा वर्ण मिठा सदा जगत्मा उत्कृष्ट लाग्ने अति
छानी वर्ण मिलाउँदा स्रजकले श्रमै सिँगारे कति
आमा ती जननी धरा सरहकी हुन् प्रेमकी पूञ्ज नै
माला गाँस्छिन् ती भरी रहरिला वात्सल्यका रूप नै ।
थामी हिँड्ने सधैँ यी नित्य रचना सुवास छर्दै उनी
पोखिन्छन् ती पयका अमूल्य जलधी सन्तानमा बेसरी
सन्तानै सुखको छ भाव पनि लौ आफू मिटाई दिने
हातैमा पनि खीर बन्छ सहजै आगो बीना फत्कने ।
ज्ञानैले भरिपूर्ण बन्ने उनी हुन् सन्तानका खातिर
भोको प्यास तथा बिमार तिनको बुझ्ने जसै खर्खर
निन्द्रा होस् अनिदो र सञ्चो सहजै अज्ञान छैनन् रति
कस्तै रोग हवस् बुझेर तिनका दिन्छिन् सबै औषधि ।