• १३ साउन २०८१, आइतबार

सुषमाको ‘अक्षरको आयतन’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २ गते । युवा कवयित्री सुषमा आचार्य ‘अंशु’को नवीनतम् कवितासङ्ग्रह ‘अक्षरको आयतन’ एक समारोहबिच लोकार्पण गरिएको छ । प्राडा लक्ष्मणप्रसाद गौतम, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष हृषभदेव घिमिरे, समालोचक डा शान्तिमाया गिरी र माधव नेपालले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभयो । 

सो अवसरमा प्राडा गौतमले कवितामा शैली महत्त्वपूर्ण हुन्छ भन्दै सोझो अर्थमा भनिएर कविता नहुने बताउनुभयो । उहाँले पछिल्लो पुस्ताकी सुषमाका केही कविता निकै राम्रा भएको चर्चा गर्नुभएको थियो । 

राष्ट्रिय साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा समालोचकद्वय डा शान्तिमाया गिरी र माधव नेपालले सङ्ग्रहमा नारी अधिकार, देशप्रेम, प्रकृतिप्रेम, मानवीय प्रेम र समसामयिक विकृतिमाथि लेखिएका कविताले वर्तमान समयबोध गराएका बताउनुभयो ।

३६ वटा कविता सङ्गृहीत कृतिका केही कविता कृतिकार अंशु, एल्सा शर्मा र रञ्जु दाहालले वाचन गर्नुभएको थियो । उक्त कृति राष्ट्रिय साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।