• १३ असोज २०८१, आइतबार

आगलागीमा एकको मृत्यु

blog

राधा लुइटेल

फिदिम, वैशाख २९ गते । घरमा आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ३२ वर्षीय मनकुमार नेम्वाङको मृत्यु भएको छ । अपाङ्गताका कारण हात खुट्टा चल्न नसक्ने अवस्थामा उहाँको घरमा आगो सल्केपछि भाग्न नसक्दा जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बिहीबार दिउँसो स्थानीय लाक्सेबुङ जङ्गलबाट सल्केको आगोको झिल्कोले नेम्वाङको घर जलेको थियो ।

प्रहरी चौकी नवमीडाँडाबाट खटिएका प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणको प्रयास गरे पनि सम्भव नभएको बताइएको छ । घरमा आगलागी हुँदा मनकुमार घरमा एक्लै हुनुहुन्थ्यो । मनकुमारका बुवा प्रेम नेम्वाङलगायतका पारिवारिक सदस्यहरू बाहिर हुनुहुन्थ्यो । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने पनि खतिवडाले बताउनुभयो ।