• १३ साउन २०८१, आइतबार

इन्दुरो रत्नाङ्गेको उपाधि राजेश र निश्मालाई

blog

महिलातर्फ उपाधि विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, वैशाख २५ गते । सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको उपाधि राजेश मगर र निश्मा श्रेष्ठले जित्नुभएको छ ।

सोलुखुम्बुको रत्नाङ्गेमा भएको प्रतियोगितामा पुरुषतर्फको इलिटमा राजेशले आठ ओटा स्टेज रेशमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्नुभएको हो । क्रिस्टोफर किलिङ्स दोस्रो र तेन्गि रो वर्ष तेस्रो हुनुभयो ।

महिलातर्फ निश्मा पहिलो, लक्ष्मी मगर दोस्रो र उषा खनाल तेस्रो हुनुभयो । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

पुरुषतर्फको मास्टर्स विधामा दिनेश महर्जन पहिलो, मनोज श्रेष्ठ दोस्रो र विनेश तुलाधर तेस्रो हुनुभयो ।  जुनियरतर्फ छिरिङ पासाङ शेर्पा पहिलो र दुर्वेश विक्रम शाह दोस्रो  हुनुभयो । 

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजन गरेको थियो । चार विधा समावेश प्रतियोगितामा दुई विदेशीसहित २६ राइडर सहभागी थिए ।

हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र पर्यटन पर्वद्धन गर्न प्रतियोगिताको आयोजना गरिएको फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो ।