• १३ साउन २०८१, आइतबार

चर्च ब्वाइज शीर्षस्थानमा

blog

लिगमा प्रतिस्पर्धा गर्दै सातदोवाटो र मनाङका खेलाडी । तस्बिरहरु : केशब गुरुङ

काठमाडौं, वैशाख २३ गते । चर्च ब्वाइज युनाईटेड क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा न्यरोड टिम (एनआरटी) लाई ४-१ गोलले हराउँदै शीर्षस्थानमा उक्लिएको हो । 

चर्च ब्वाइजको जितमा अन्जन विष्टले ह्याट्रिक गर्नुभयो । अर्को गोल शुसील शाहले गर्नुभयो । एनआरटीका दीपेश आलेमगरले सान्त्वना गोल फर्काउनुभयो । शुसीलले ४०औं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाउनुभयो ।

५१औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाउनुभयो । ६१औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । उहाँले ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको थियो ।

इन्जुरी समयमा एनआरटीका दीपेशले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै चर्च ब्वाइजले १५ खेलबाट २७ अङ्क बनाएको छ । पराजित एनआरटीले १७ अङ्क बनाएको छ । 

यसैगरी दशरथ रंगशालामा भएको अर्को खेलमा सातदोवाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अङ्क बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै मनाङले १५ खेलबाट २३ अङ्क बनाएको छ । मनाङको समान खेलबाट १९ अङ्क छ ।