• १३ साउन २०८१, आइतबार

आगलागीमा दुई घरसहित धनमाल जलेर नष्ट

blog

फोटो : आगलागीले क्षतिग्रस्त बनेको पाँचथरको फालेलुङ ३ थकेपुङका कृष्ण मादेनको घर । तस्बिर : सौजन्य जिल्ला प्रहरी कार्यालय पाँचथर

राधा लुइटेल

फिदिम, वैशाख १० गते । पाँचथरको फालेलुङ गाउँपालिका ३ थकेपुङमा आगलागी हुँदा दुईवटा घर जलेका छन् । 

आइतबार दिँउसो भएको आगलागीमा स्थानीय महेन्द्र मादेन र कृष्ण मादेनका घर जलेका हुन । विद्युत सर्ट भएर घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले जानकारी दिनुभयो ।

आगलागीमा परी महेन्द्र मादेनको २२ लाख ७५ हजार र कृष्ण मादेनको ३१ लाख ५ हजार गरी ५४ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको खतिवडाले बताउनुभयो ।

आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, नगद, अन्न र सुनचाँदी सबै नष्ट भएको छ ।

आगो नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरे पनि सफल नभएको बताइएको छ ।

जिल्लामा पछिल्लो समय दैनिक जसो आगलागीका घट्ना भइरहेका छन ।