• १३ साउन २०८१, आइतबार

घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ

blog

काठमाडौं, चैत ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । 

आयोगका प्रवक्ता भोला दाहालका अनुसार, भदैसवारले सेवाग्राहीबाट नौ हजार रकम घुस लिइसकेको अवस्थामा आयोगको कार्यालय,बर्दिवासबाट खटिई गएको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘‘ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत भदैसवारले जबरजस्तीकरणी सम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज प्रहरी सहायक निरीक्षक सचिन कुमार भदैसवारलाई सेवाग्राहीबाट रु.९,०००।– (नौ हजार रुपैयाँ) घुस लिइसकेको अवस्थामा उक्त रकमसहित मिर्चैया नगरपालिका ५, थानाचोकबाट आज मिति २०७९।१२।३० गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’