• १३ साउन २०८१, आइतबार

१३ एसएसपीको डीआईजीमा बढुवा सिफारिस

blog

फाइल तस्बिर

काठमाडौं, चैत २९ गते। नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। 

गृह मन्त्रालयले कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्चुनचन्द्र ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाललाई बढुवा सिफारिस भएको हो। 

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले बुधबार विज्ञप्तिमार्फत बढुवा सिफारिसको सूचना सार्वजनिक गर्नुभएको हो।