गोरखापत्र अनलाइन
काठमाडौं, चैत २९ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई कक्षामा प्रथम हुने नाममा मानसिक तनाव दिन नहुने बताउनुभएको छ । बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
बालबालिकालाई प्रथमको पछाडि दौडाएर चिन्ता थुपार्नु गलत भएको उहाँले बताउनुभयो । उहाँले बालबालिकालाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिएर अभिभावकले अनावश्यक चिन्ता थप्ने गरेको उहाँको भनाइ छ ।
दबाबले बालबालिकामा नकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । बालबालिकालाई जीवन रमाइलो छ र जीवनमा अझै धेरै कुरा सिक्न बाँकी छ भन्ने कुराका सिकाउन जरुरी रहेको उहाँले बताउनुभयो । महामन्त्री थापाले विद्यार्थीले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि सुझाव दिनुभयो ।