• १३ साउन २०८१, आइतबार

सांसद श्रेष्ठको अडियो सार्वजनिक भएपछि रास्वपाले गर्‍यो कारबाही

blog

सांसद ढाकाकुमार श्रेष्ठ । फाइल तस्बिर

काठमाडौं, चैत २६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठलाई तत्काल काम, कारबाहीमा रोक लगाइएको छ। 

सांसद ढकालले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग आर्थिक सहयोग मागेको अडियो सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई २४ घण्टाको स्पष्टीकरण समेत सोधेको छ।

रास्वपा प्रवक्ता डा. मुकुल ढकालले यस सम्बन्धमा पार्टीको अनुसन्धान समितिलाई निर्णय गर्न सात दिनको समय दिइने बताउनुभयो। त्यस पश्चात् अनुसन्धान समितिको निर्णय केन्द्रीय समितिमा पेस हुने उहाँको भनाइ छ। 

डा. ढकालले भन्नुभयो, “अनुसन्धान समितिलाई सात दिनको समय दिएर निर्णय गर्न दिएका छौँ। सात दिनपछि केन्द्रीय समितिमा पेस हुन्छ। अहिले २४ घण्टाको स्पष्टीकरण तत्काल सोध्ने तर, त्यो निर्णय नभएसम्म काम, कारबाहीमा रोक लगाउने निर्णय भएको छ।”

उहाँले पार्टीको निर्णय नभएसम्म श्रेष्ठलाई काम, कारबाहीमा रोक लगाइएको बताउनुभएको हो।