• १३ असोज २०८१, आइतबार

८३ वर्षीया वृद्धाको शव फेला

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत ६ गते । बेपत्ता भएको ५ दिनपछि एक ८३ वर्षीया वृद्धाकाे शव रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गल क्षेत्रमा फेला परेको छ । 

दमक ८ स्थित घरबाट गत चैत १ गतेदेखि हराउनुभएकी एक जना ८३ वर्षीया वृद्धा गोमादेवी पौडेलको शव चुलाचुलीमोडस्थित रतुवामाई वृक्षरोपण आयोजनाको वनक्षेत्रमा आइतबार साँझ फेला परेको प्रहरीले जनाएको छ । 

शव सड्न लागेको अवस्थामा रुखमा पासो लागेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले विभिन्न ठाउँको सीसी क्यामेराको फुटेजका आधारमा वृद्धालाई खोज्दै आएको थियो ।

पौडेल पति गोरख पौडेल र साइँलो छोराबुहारीसहित दमक ८ स्थित आफ्नै घरमा बस्दै आउनुभएको थियो । चैत १ गते दिउँसो घरका कसैलाई केही नभनी उहाँ घरबाट निस्कनुभएको र आफूहरूले निरन्तर खोजी गरेको परिवारका सदस्यहरूले जनाएका छन् ।