शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ २७ गते । नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइ/बुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।
माग गरिएका मध्ये भान्छे ८२ जना, हजाम १५, सिलाइ/बुनाइ १०, कुचीकार ३० जना छ । उक्त पदमा फागुन ३० गतेसम्म दरखास्त दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।