तनहुँ समाचारदाता
तनहुँ, पुस १० गते । गोरखापत्र दैनिकका तनहुँ समाचारदाता अमरराज नहर्की दमौलीमा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट विद्यालयको विविध गतिविधि समुदायसमक्ष सूचना सम्प्रेषण गरी सहयोग गरेको भन्दै दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले आफ्नो ४७ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार नहर्कीलाई नवनिर्वाचित गण्डकी प्रदेश सभा अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्ले, प्रधानाध्यापक एकबहादुर गुरुङले शुक्रबार संयुक्त रूपमा उहाँलाई सम्मानित गर्नुभयो ।
उहाँलाई सम्मानपत्र तथा नगद प्रदान गरी सम्मानित गर्नुभयो । पुरस्कारको राशि दुई हजार पाँच सय रुपियाँ रहेको छ । पत्रकार नहर्की यसअघि पनि थुप्रै सम्मानले सम्मानित भइसक्नु भएको छ ।