• १३ असोज २०८१, आइतबार

काठमाडौं-३ मा भोलिदेखि मात्रै मतगणना

blog

काठमाडौं, मङ्सिर ४ गते। काठमाडौँ क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताउनुभयो।

“सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ। उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ। त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ”, निर्वाचन अधिकृत शाहीले भन्नुभयो। 

अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाहीले जानकारी दिनुभयो। मतपेटिका बुझिसकेपछि अहिले ९ बजे फेरि सर्वदलीय बैठक बस्ने र मतगणना सुरु गर्नेबारे अन्तिम निर्णय गरिने उहाँको भनाइ छ। काठमाडौँ क्षेत्र नं ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुँदैछ।