• १३ असोज २०८१, आइतबार

पूर्वमन्त्री मोहनबहादुर बस्नेतद्वारा मतदान

blog

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित क्षमादेवी मावि केन्द्रबाट मतदान गर्नुहुँदै पूर्वमन्त्री मोहन बहादुर बस्नेत ।

चित्र मिजार

सिन्धुपाल्चोक, मंसिर ४ गते । पूर्वमन्त्री एंवम् नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मतदान गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र–१ को बाह्रबिसे नगरपालिका–४ स्थित क्षमादेवी मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र–२ का गठबन्धन उम्मेदवारसमेत हुनुहुन्छ । 

यस्तै, २०७० साल र २०५६ सालमा निर्वाचन क्षेत्र–१ बाट बस्नेत नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई विजयी हुनुभएको हो । ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बस्नेत गठबन्धनबाट निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार हुनुहुन्छ भने एमालेबाट शेरबहादुर तामाङ उम्मेदवार हुनुहुन्छ । 

यो पटकको प्रतिनिधि सभा निर्वाचनमा बस्नेतले आफूलाई मतदान गर्न पाउनुहुन्न । मतदान गर्न क्षमादेवी मावि केन्द्रमा पुग्नुभएका बस्नेतसँग क्षेत्र नं.१ का गठबन्धन उम्मेदवार माधव सापकोटासँगै बस्नेत पनि मतदान केन्द्रमा पुग्नुभएको हो ।