• १३ असोज २०८१, आइतबार

परिणाम एमालेको पक्षमा आउँछ : वरिष्ठ उपाध्यक्ष पोखरेल

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, मंसिर ४ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गर्नुभएको छ । मतदानपछि उहाँले मत परिणाम देशभर एमालेको पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो ।  

आज बिहान ८ः ३० बजे पोखरेलले मतदान गर्दै चुनावी अभियानका क्रममा मतदाताहरूले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताउनुभयो । निर्वाचित भएपछि पार्टीको केन्द्रीय घोषणापत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।  

वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ को निर्वाचनमा भारी मतान्तरका साथ सोही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो ।