• १३ साउन २०८१, आइतबार

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९

दलका झण्डा बनाउन भ्याई नभ्याई (फोटो फिचर)

blog

निर्वाचन प्रचारप्रसारका लागि दलका झण्डा र प्रचारसामग्री बनाइँदै । तस्बिर : केशब गुरुङ/सुजन गुरुङ

काठमाडौं,  कात्तिक २२ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरू प्रचारप्रसारमा व्यस्त छन् ।

निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसारका लागि दल र उम्मेदवारलाई समय तोकेसँगै दलहरू प्रचारप्रसारमा व्यस्त भएका हुन् ।


कात्तिक १७ अघि घरदैलोमा व्यस्त रहेका उम्मेदवारहरू कात्तिक १७ पछिमात्रै र्‍याली, आमसभामा जुटेका छन् ।

निर्वाचन प्रचारप्रसारमा दलका झण्डाको प्रयोग धेरै हुने हुनाले झण्डा र प्रचार सामग्री बनाउनेहरू पनि अहिले व्यस्त छन् । अचेल काठमाडौंका आर्ट्स पसलहरूमा झण्डा, गम्छा, ब्याजलगायतका सामग्री बनाउनेको भीड छ ।


कतिपय दलका उम्मेदवारले निर्वाचन अयोगले निर्वाचन आचारसंहिताले बन्देजलगायत प्रचारप्रसारका सामग्री समेत बनाइएको पाइयो ।