• १३ साउन २०८१, आइतबार

नेता भण्डारीको पनि स्वतन्त्र उम्मेदवारी दर्ता

blog

प्रकाशविक्रम शाह

धनगढी, असोज २३ गते । नेपाली कांग्रेसका महासमिति सदस्य क्षितिज भण्डारीले कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराउनुभएको छ । 

पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उम्मेदवारी दर्ता गरेको उहाँले बताउनुभयो । कांग्रेसले सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि तथा युवा नेता प्रकाशबहादुर देउवालाई उम्मेदवार बनाएको छ ।