• १९ साउन २०८२, सोमबार

पहिरोले पाल्पा–गुल्मी सडक अवरुद्ध

blog

पाल्पा, असोज २० गते । अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा–गुल्मी सडक खण्ड बिहीबार बिहानैदेखि अवरुद्ध बनेको छ । पाल्पा–गुल्मी सडक खण्ड अन्तर्गत रिब्दीकोट–२, खस्यौलीको जोर्ते क्षेत्रमा पहिरो खसेको कारण सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

जोर्ते बजार नजिकैको सडक चौडा गरेको स्थानमा डाँडै खसेपछि सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडकमा खसेको पहिरो हटाउन सडक डिभिजनको डोजर ल्याउने काम भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । अविरल वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध हुँदा बुटवल तर्फबाट गुल्मी, बागलुङ, अर्घाखाँची जाने सवारी साधन र गुल्मीबाट बुटवल, पाल्पा आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् । 
Author

रेखीराम राना