• ११ असोज २०८१, शुक्रबार

नगर प्रमुखद्वारा कैदीबन्दीलाई खसी प्रदान

blog

ताप्लेजुङ कारागारका कैदीबन्दीलाई प्रदान गरिएको खसी।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १७ गते। ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले कैदीबन्दीलाई खसी उपलब्ध गराउनुभएको छ। नगर प्रमुख मादेनले ताप्लेजुङका कारागारका कैदीबन्दीलाई दुई वटा खसी उपलब्ध गराउनुभएको हो। 

कारागार कार्यालयका प्रमुख (जेलर) कुलेन्द्र खवासका अनुसार नगरप्रमुख मादेनले शनिबार दशैंको फूलपातीको दिन खसी उपलब्ध गराउनुभएको हो। 

कैदीबन्दीहरुको दशैं चाड रमाइलो बनाउनका लागि नगर प्रमुख मादेनले खसी उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव अञ्चल गुरुङले जानकारी दिनुभयो।

ताप्लेजुङ कारागारमा हाल एकसय ४० जना कैदीबन्दी रहेका छन्। उक्त सङ्ख्यामध्ये कैदी ९८ जना र थुनुवा ४२ जना रहेका छन्।