• १३ साउन २०८१, आइतबार

गुल्मीबाट पुरानै नेताको नाम सिफारिस

blog

तिलाचन पाण्डे

तम्घास, भदौ २२ गते । गुल्मीमा निर्वाचन लड्नका लागि पुरानै उम्मेदवारलाई राजनीतिक दलले सिफारिस गरेका छन्। मङ्सिर ४ गते सङ्घीय र प्रदेशका लागि हुने निर्वाचनमा राजनीतिक पार्टीले उम्मेदवारको नाम सिफारिस गरेका हुन्।  

गुल्मीमा नेकपा (एमाले) को तर्फबाट क्षेत्र नम्बर –२ बाट सांसद गोकर्णराज बिष्ट उम्मेदवारका लागि सिफारिस हुनुभएको छ।  क्षेत्र नम्बर– १ बाट नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य प्रदीपकुमार ज्ञवाली सिफारिस हुनुभएको छ। 

त्यस्तै कांग्रेसको तर्फबाट चन्द्र भण्डारी, योगराज कँडेल र पारिश्वर ढकाल सिफारिस हुनुभएको छ। क्षेत्र नम्बर–२ मा एमालेको तर्फबाट विष्टसँगै एमाले नेता राजेन्द्र अर्याल र शेषकान्त गौतम सिफारिस हुनुभएको छ। 

त्यस्तै कांग्रेसको तर्फबाट चन्द्रबहादुर केसी, डा. दामोदर भुसाल र त्रैलोक्य प्रताप सेन सिफारिस हुनुभएको छ। सिफारिस आकाङ्क्षीमध्ये विष्ट बहालवाला सांसद, केसी अघिल्लो पटक बिष्टसँग पराजित र सेन त्यो भन्दा अगाडि बिष्टसँग नै पराजित नेता हुनुहुन्छ।  नयाँ  

गठबन्धनबाट समाजवादीकी रामकुमारी झाँक्री क्षेत्र नम्बर–२ मा उम्मेदवार हुने सम्भावना बलियो छ। यता नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिशीले माओवादी केन्द्रबाट अत्यधिक नयाँ अनुहारका युवा उम्मेदवार बनाउने बताउनुभयो। नेकपा एमालेका जिल्ला सचिव गणेश श्रीपालीले केन्द्रीय राजनीतिमा राम्रो दक्खल भएका कारण विष्ट र ज्ञवालीलाई सिफारिस गरेको दाबी गर्नुभयो।