• १३ साउन २०८१, आइतबार

मन परेका तस्बिर

blog

मैयुङडाँडामा भेडाका बथान: खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मैयुङडाँडास्थित साउनेमा भेडाका बथान । समुन्द्री सतहदेखि करीब तीन हजार ३०० मिटर उचाईमा रहेको मैयुङ डाँडामा अहिले हजारौँ भेडा, चौँरी तथा घोडाहरु चरनका लागि लगिएको छ ।

काठमाडौं, भदौ १८ गते । 


बिहानीपखको उदाउँदो सूर्य: पर्वतको दक्षिण भेगका स्थानीयबासीलाई सदरमुकाम कुश्मा आउन सहज होस् भनेर बनाइएको त्यो बेलाको नेपालकै अग्लो तथा लामो कुश्मा–ज्ञादी झोलुङ्गे पुल । अविच्छिन्न बगिरहने मोदी खोला देखि १३५ मिटर उचाइमा रहेको यस पुलको लम्बाइ चाहिँ ३४४ मिटर रहेको छ । अहिले सदरमुकाम आसपासमै अग्ला तथा लामा झोलुङगे पुलहरुको सङ्ख्या आधा दर्जनभन्दा बढी पुगिसकेका छन् । 


भाग्दै गरेका नाउर: मनाङ ङिस्याङ गाउँपालिका– ८ थोरङ्ला हाईक्याममा (४ हजार ८ सय मिटर उचाईमा) चर्दै गरेका नाउर  मानिसलाई  देखेपछि  तर्सिएर भाग्दै । यिनीहरु गर्मी याममा हिमालको माथिल्लो भागमा र जाडो यममा तल झर्ने गर्दछन् । 


तिलाचन ताल : तीन हजार दुई सय मिटर उचाइमा रहेको तिलाचन ताल । जुन ताल बागलुङको निसीखोला गाउँपालिका र रोल्पाको सुनछहारी गाउँपालिकाको सिमानामा पर्छ । 


चरिचरण गर्दै भैँसी : जाजरकोट बारेकोट गाउँपालिका–४ बेलासपुर रोल्पा पाटन र  डोल्पाको मुड्केचुला गाउँपालिको बीचमा रहेको क्षेत्रमा चरिचरण गर्दै भैँसी । यहाँ गाउँभरीका भैसी एक जनाले हेर्ने गरी पाटनमा चरिचरण गराउने चलन रहेको छ । 


कालीगण्डकी नदी माथि बनेको मोटरेवल पुल : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङस्थित कालीगण्डकी नदी माथि बनेको मोटरेवल पुल । यो पुल निर्माण भएपनि तल्लो मुस्ताङबाट उपल्लो मुस्ताङ र कोरला नाका पुग्न सहज भएको छ । 


सुन्दर रत्नेचौर: बेनी नगरपालिका वडा नं १ मा पर्ने रत्नेचौर प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । वरपर धान खेत र बीचमा भएका घरहरुले धेरैलाई आकर्षण गरिरहेको छ ।


ऐतिहासिक तथा धार्मिक महत्वको देउढुँगा: मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको भोटेकोशी गाउँपालिकामा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको देउढुँगा । 


गर्मी भगाउन फाइदा: गर्मी भगाउन सुनसरीको रामधुनी नहरमा पौडी खेल्दै स्थानीय बालक । 


अलपत्र अवस्थामा रहेको पुल: चामे–खाङसार सडक खण्ड अन्तर्गत ङिस्याङ गाउँपालिका– ५ मुङ्जेमा मर्स्याङदी नदीमा  निर्माणाधिन अलपत्र अवस्थामा रहेको पुल । ठेकेदार कम्पनीले  एक वर्षमा मोटरेबल पुल निर्माण सम्पन्न गर्ने गरि वि.सं. २०७२ सालमा ठेक्का सम्झौता गरेपनि निर्माण पुरा नहुँदा यो सडक खण्डको यात्रा  कष्टकर बन्न पुगको छ । 


सप्तकोसीमा माछा मार्न जाल हान्दै माझी : सप्तकोसी नदीमा माछा मार्न जाल हान्दै स्थानीय माझी । पुस्तौँदेखि माछा मारेर जीवन निर्वाह गरिरहेका उनीहरू सप्तकोसी नदीमै आश्रित छन् । 

तस्बिरहरुः रासस