• ९ मंसिर २०८१, आइतबार

निलम्बित प्रधानन्यायाधीश जबरासँग जवाफ लिन सुरु

blog

काठमाडौं, भदौ १६ गते । प्रतिनिधिसभाको महाभियोग सिफारिसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज (बिहीबार) पनि जवाफ लिन सुरु गरेको छ ।

सिफारिस समितिले सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीशसँग जवाफ लिन सुरु गरेको हो ।

समितिले जबरासँग बुधबार पनि बयान लिएको थियो । समितिले सोधेका सबै प्रश्नको जवाफ बुधबार दिन नसकेपछि बिहीबारको बैठकमा जबराले थप जवाफ दिनु हुनेछ ।

गत बुधबार समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई जवाफ दिनका लागि बोलाएको थियो । बुधबार बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे जवाफ दिन जबरा सिंहदरबार पुग्नुभएको थियो ।

गत फागुन १ गते सत्तारुढ दलका सांसदले महाभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बित हुनुभएको हो । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार पारेको छ ।