• ८ असार २०८१, शनिबार

२० वर्षमुनिको राष्ट्रिय फुटबल टोलीको घोषणा

blog

काठमाडौं, भदौ ८ गते। २० वर्षमुनिका राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बहराइनमा हुने यू–२० एसियन कप छनोटका लागि बुधबार प्रारम्भिक चरणमा २५ सदस्यीय टोलीको घोषणा गरेको छ। 

यही भदौ २५ देखि असोज २ गतेसम्म हुने प्रतियोगिताका लागि प्रशिक्षक केसीले २५ सदस्यीय टोलीको घोषणा गर्नुभएको छ। छनोटमा नेपालसहित कतार, बहराइन, बङ्गलादेश र भुटान रहेका छन्। 

छनोट हुने नेपाली टोलीको गोल–किपरमा ईश्वर गुरुङ, उनेश चौधरी, जियारत शेख र टोपबहादुर राना छन्। 

त्यस्तै डिफेन्डरमा अमर श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, अभिषेक वाइवा, जान ताम्ली, शेखर खवास, श्यान्सु भुसाल र राज ठोकर छन्। 

टोलीको मिडफिल्डरमा दीपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, कृतिशरत्न छञ्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान, राकेश विश्वकर्मा र सञ्जीव लामा छन्। फरवार्डमा निरञ्जन मल्ल र रोहन खड्गी छन्। 

उक्त नेपाली टोलीले सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन्।