• १३ साउन २०८१, आइतबार

तीन सयले बढ्यो सुनको मूल्य

blog

काठमाडौं, भदौ ८ गते । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले बढेर ९५ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार रुपियाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपियाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपियाँले बढेर एक हजार १६५ रुपियाँ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।