• १३ साउन २०८१, आइतबार

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

blog

तम्घास, साउन २२ गते । गुल्मीमा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । 

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर -१० सिमिचौरमा  लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक  गुल्मीदरबार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो ।

ट्रक करिव सडक देखी दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

Author

तिलाचन पाण्डे