• ७ फागुन २०८२, बिहिबार

प्राश्नाको ‘प्रियतम’ सार्वजनिक

blog

काठमाडौँ, फागुन ७ गते । गायिका प्राश्ना शाक्यको आवाजमा ‘प्रियतम’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल सुदित र श्रीतिकाबिच प्रेम र समर्पण देखाइएको छ । निर्वाण केरुङको शब्द र सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ । 

गीतको म्युजिक भिडियो छायाङ्कन तथा सम्पादन र निर्देशन आफैँ स्वयं लुःजः सिंहले गर्नुभएको हो । उक्त भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।