• ५ फागुन २०८२, मङ्गलबार

प्रविण र आरजुको सहकार्यमा बनेको ‘नयन’ मा सन्दीप र उपासनाको अभिनय

blog

गायक प्रविण बेडवाल ।

काठमाडौँ, फागुन ५ गते । गायक प्रविण बेडवालको स्वर रहेको ‘नयन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । लेखन विधामा निरन्तर कलम चलाइरहनुभएका गीतकार तथा गजलकार आरजु गिरीको शब्द रचना रहेको गीतमा गायक प्रविण स्वयमकै सङ्गीत सिर्जना रहेको छ ।

भिडियोमा सन्दीप वस्ती र उपासना पाठकको रोमान्टिक अभिनय देख्न सकिन्छ । निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियो प्रस्तुत गर्नुभएको छ । भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक रुपाखेतीले बताउनुभयो । 

फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको ‘नयन’ मा समूहगत कार्य (टिमवर्क) राम्रो भएको र कलाकारले आफूलाई चरित्रमा ढाल्न सफल भएकै कारण भिडियोले सबैको मन जितेको गायक बेडवाल बताउनुहुन्छ ।

उत्सव दाहालको छायाङ्कन तथा विकास दाहालले सम्पादन गर्नुभएको भिडियो नेपाली गजल बहार युट्युब च्यानलमार्फत बजारमा आएको हो ।