फ्नोम पेन, मङ्सिर २७ गते । कम्बोडियाली रक्षा मन्त्रालयका अनुसार थाइल्यान्डको सेनाले शनिबार बिहान दुई वटा एफ-१६ फाइटर जेटमार्फत पुरसात प्रान्तमा बम प्रहार गरेको छ ।
विज्ञप्तिमा बिहान ५:५० र ५:५५ बजे त्मोर क्षेत्रमा एउटा होटल भवन नष्ट गर्न दुई वटा बम प्रहार गरिएको भनिएको छ । त्यसपछि बिहान ६:०२ र ६:०७ बजे चेई चम्नास पुल नष्ट गर्न दुई वटा बम प्रहार गरियो भने ६:१२ बजे पुरानो चेई चम्नास पुलमा थप बम प्रहार भएको छ ।
कम्बोडियाली रक्षा मन्त्रालयले भनेको छ, “थाइल्यान्डको बमबार्डमेन्ट अझै रोकिएको छैन ।” थाइल्यान्डको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कम्बोडिया-थाइल्यान्ड सीमा क्षेत्रको विवाद ७ डिसेम्बरदेखि पुनः सुरू भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै बताउनुभयो, “उहाँले थाइल्यान्ड र कम्बोडियाका नेतासँग फोनमार्फत वार्ता गर्नुभयो र दुवै पक्षले शुक्रबार साँझदेखि लागु हुने युद्धविराम स्वीकार गर्नुभयो ।”रासस/सिन्ह्वा