• ६ मंसिर २०८२, शनिबार

दुई लाख पुरस्कारको चक्रेश्वर भलिवलको उपाधी हरेवालाई

blog

चक्रेश्वर भलिवल प्रतियोगीताको बिजेता हरेवा । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर ६ गते ।
गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेलाको अवसरमा सञ्चालन भएको भलिवल प्रतियोगीतामा प्रथम चन्द्रकोट गाउँपालिका–६ हरेवा बनेको छ । प्रतियोगीतामा परदेशी हातेमालो समूह बाग्लुङ्ग द्वितिय, चन्द्रकोट गाउँपालिका–५ ग्वाघा तृतीय र सान्त्वना चन्द्रकोट गाउँपालिका–२ बिसुखर्क बनेको छ ।

भलिवलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार हुनेलाई क्रमशः दुई लाख रुपियाँ, एक लाख १० हजार रुपियाँ, ६० हजार रुपियाँ र ३० हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रको व्यावस्था गरिएको उदय शान्ति युवा क्लवका साँस्कृति संयोजक विवेक क्षेत्रीले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडीको रुपमा हरेवाबाट रवी केसी पुरस्कृत हुनु भएको छ । आयोजक उदय शान्ति युवा क्लबसहित प्रदेशी हातेमालो, चन्द्रकोट–२ (ए), कालिगण्डकी गाउँपालिका, बिसुखर्क, चन्द्रकोट–५ ग्वाघा, चन्द्रकोट–६, चन्द्रकोट–४ रेमी, केके.ए. ब्याज क्वाङ्दी, चन्द्रकोट–२(बि) र किउँ गरेर ११ समूहले खेलमा प्रतिस्पर्धा गरेका थिए ।

त्यस्तै, ३५ वर्ष माथिको उमेर समुहबिचको भलिवल खेलमा पाँच समुहले प्रतिस्पर्धा गरेका थिए । जसमा बरेङ्ग गाउँपालिका बाग्लुङ्ग बिजेता र उपबिजेता चन्द्रकोट गाउँपालिका–३ झारखर्क बनेको छ । बिजेताले नगद २५ हजार र उपबिजेताले १२ हजार रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीसहित उदय शान्ति युवा क्लवका अध्यक्ष अर्जुन थापा, संरक्षक कृष्ण बहादुर थापा लगायतले खेलाडीहरुलाई पुरस्कृत गर्नुभएको थियो ।

बालचर्तुदशीको दिन चक्रेश्वर मन्दिरमा पूजा अर्चनासहित सतबिज छर्ने गरिन्छ । भने उदय शान्ति युवा क्दवले खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम गर्दै आएको छ । यो मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो । चक्रेश्वर मन्दिर व्यावस्थापन समितिले भक्तिसंगीत प्रतियोगीतामा समेत गरेको छ । प्रतियोगीतामा हरि ओम भजन समूह अर्घाखाँची प्रथम, राष्ट्रिय भजन समुह पाल्पा द्वितीय र चक्रेश्वर भजन मण्डली तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४०, २० र १० हजार रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेको मन्दिर समिति सहसचिव कमल खत्रीले जानकारी दिनुभयो ।

लामो समयदेखि स्थानीय चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लवले मेलाको आयोजना गर्दै आएको छ । मेलामा खेलकुद बाहेक बालउद्यानसहितको मनोरञ्जनात्म खेल, चर्चित इन्दे्रणी कार्यक्रमको प्रस्तुती र राष्ट्रिय लोक दोहोरी गायिका शान्ति श्री परियारसहितका राष्ट्रिय कलाकारको बेजोड सांगीतिक कार्यक्रम रहेको क्लव अर्जुन अध्यक्ष थापाले बताउनुभयो ।