• ६ मंसिर २०८२, शनिबार

बारा घटनाको निष्पक्ष छानबिन गर्ने सहमति

blog

शिवशङ्कर मिश्र

बारा, मङ्सिर ६ गते  । बाराको सिमरामा हालै भएको घटनाका विषयमा गठित समितिबिच शुव्रmबार भएको वार्ता सफल भएको छ । पथलैयास्थित सशस्त्र प्रहरी बल  नेपाल, प्राविधिक तालिम शिक्षालयमा सम्पन्न वार्तामा प्रशासन र जेनजी पक्षबिच तीन वटा मुख्य विषयमा सहमति भएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । 

प्रजिअ मिश्रका अनुसार सुरक्षाव्यवस्था सुदृढ गर्ने, घाइतेको उपचारमा समन्वय गर्ने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाउनुपर्ने जेनजी समूहको मागका विषयमा दुवै पक्ष एकमत भएका छन् ।

वार्तामा सहभागी जेनजी अगुवाहरूले आफूहरूमाथि विभिन्न पक्षबाट धम्की आइरहेको भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति गर्न प्रशासनसँग आग्रह गरेका थिए । साथै घटनामा संलग्न व्यक्तिलाई शीघ्र पव्रmाउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने प्रमुख माग जेनजी समूहको थियो । घटनामा नौ जनाविरुद्ध किटानी जाहेरी परेकामा तीन जना पक्राउ परिसकेका छन् भने बाँकी छ जना फरार छन् । फरार भएकालाई तुरुन्तै पक्राउ गर्न आवश्यक निर्देशन दिइसकेको प्रजिअ मिश्रले वार्ताकै क्रममा स्पष्ट पार्नुभयो । 

जेनजीलाई कहीँकतैबाट धम्की आए तुरुन्त प्रहरी, प्रशासनलाई त्यसबारे जानकारी दिनेबित्तिकै प्रहरीले त्यसमा आवश्यक प्रव्रिmया अगाडि बढाउने विश्वास प्रशासनले दिलाएपछि वार्ता सफल भएको छ ।